टीकाराम बास्तोला / आज नेपाली युवाको ठूलो हिस्सा रोजगारी भविष्यको खोजीमा विदेशिने क्रममा छ। तर यहीभिडभित्र केही यस्ता अनुहार पनि छन्, जसले विदेश होइन, आफ्नै गाउँ, आफ्नै माटो र आफ्नै सीपलाई अवसरमा बदलिरहेका छन्।झापाको शिवसताक्षी नगरपालिका मा बस्ने प्रदीप चौहान र पवन चौहान त्यस्तै दुई दाजुभाइहुन्, जसले युट्युबमार्फत महिनामा ४० लाख रुपैयाँसम्म कमाउँदै वार्षिक करोडभन्दा बढी आम्दानी गर्ने सफल युवाको त्यो पनि प्रविधिको सहि सदुपयोग गरेर आफ्नो परिचय बनाएका छन्।

काठको टाँडे घरबाट सुरु भएको सपना
आज गाउँकै सबैभन्दा आकर्षक महँगो घरमध्ये एकमा बस्ने यी दाजुभाइको यात्रा भने निकै साधारण अवस्थाबाटसुरु भएको हो। करिब तीन वर्षअघि उनीहरू गाउँमै रहेको एउटा काठको टाँडे घरमा बस्दै संघर्ष गरिरहेका थिए।त्यसबेला उनीहरू पनि अन्य युवाजस्तै केही गर्ने चाहनामा थिए, तर बाटो स्पष्ट थिएन।

असफलताले थिचिएको समय
युट्युबभन्दा अघि उनीहरूले लेयर्स कुखुरा पालनदेखि बंगुर व्यवसायसम्म हात हाले। सुरुवात राम्रै देखिए पनिगाउँका धेरै मानिस एउटै व्यवसायमा लागेपछि उत्पादन अत्यधिक बढ्यो, बजारमा माग घट्यो व्यवसायधरासायी बन्यो। त्यसबेला बैंकको २५ लाख रुपैयाँ कृषि ऋण, पारिवारिक दायित्व गाउँलेहरूको हेपाइलेउनीहरू मानसिक रूपमा निकै कमजोर बने।निराशा चरम सीमामा पुगेको थियो, तर उनीहरू पछाडि फर्किएनन्।

एउटा मोबाइल र दुई फरक रुचि
त्यो समय उनीहरूसँग महँगो उपकरण थिएन।आइ फोन सेभेन पल्स ( iPhone 7 Plus) नै उनीहरूको मुख्यसाधन थियो।प्रदीपलाई सानैदेखि साना गाडी, सामग्री संरचना बनाउने रुचि थियो भने पवनलाई भिडियो खिच्ने एडिट गर्ने।चप्पलका चक्का काटेर, सानासाना गाडी बनाएर भिडियो खिच्न थाले।पहिलो कन्टेन्ट खासै चलेन।ऋण, तनाव असफलताले फेरि निराश बनायो।

हार नमान्ने निर्णय
सपना देख्ने र मेहनत गर्न बाट नथाक्ने दुईदाजुभाइ,सधैं चुनौती र असफलतासँग जुध्न तयार, उनीहरूका आँखामा आफ्नो गाउँ र त्यसका अनगिन्ती कथा र सिर्जनाहरू जीवन्त थिए। तर जीवनमा कहिलेकाहीँ मेहनतको फल तुरुन्तै आउँदैन। असफलताको दुःखले केही समय उनीहरूको मन थिच्यो।तर हार नमान्ने निर्णय, सानो तर दृढ हृदयको शक्ति, उनीहरूलाई फेरि उठायो। “आखिर किन र के कारणले यति मेहनत गर्दा पनि चलेन?” भन्ने प्रश्नले उनीहरूको दिमाग घुमायो। त्यसैबीच, नयाँ गाउँका कथाहरूलाई समेटेर भिडियो बनाउने योजना दाजुभाइबीच जन्मियो।नयाँ जोश र नयाँ ऊर्जा लिएर, उनीहरूले निरन्तर दिनरात मेहनत गरेर १० वटा कन्टेन्ट तयार गरे। तर हतारमा सबैलाई एकैचोटि अपलोड नगरी, रणनीतिसँगै हरेक दिन एउटा मात्र भिडियो पोस्ट गर्ने निर्णय गरे। उनीहरूले गाउँका कथा, त्यहाँका साना साना सिर्जनाहरू र जीवनका सरल तर प्रभावशाली क्षणलाई भिडियो मार्फत जीवन्त बनाउने प्रयास गरे।यसरी, मेहनत, धैर्य र सृजनशीलताको संगमले उनीहरूको यात्रा अझ चम्किलो बनायो।

पहिलो सफलताले बदलेको जीवन
पहिलो सफल भिडियोबाट नै करिब ५ लाख रुपैयाँ आम्दानी भयो। ३० हजार खर्च गरेर बनाएको कन्टेन्टबाट लाखौँआम्दानी भएपछि परिवारको विश्वास हौसला दुवै बढ्यो।तेस्रो भिडियोमा प्रदीपले हातैले बनाएको सानो ट्र्याक्टरप्रस्तुत गरे।त्यो भिडियो अहिले सम्म २२ करोडभन्दा बढी भ्यु (२२२ मिलियन) पाइसकेको यसबाट मात्रै करिब४० लाख रुपैयाँ आम्दानी भयो।यो नैसानो क्रिएटरच्यानलको सबैभन्दा लोकप्रिय भिडियो बन्यो।

ऋणमुक्ति र लगानी
आम्दानी आएपछि उनीहरूले सबैभन्दा पहिले २५ लाखको बैंक ऋण चुक्ता गरे।त्यसपछि क्यामेरा, एडिटिङउपकरण खरिद गरे छुट्टै सुटिङ स्थान तयार पारे। आज उनीहरूले गाउँमै करिब १ करोड रुपैयाँ लगानी गरेर घर निर्माण गरेका छन्।इलेक्ट्रिक गाडीसमेत किनेका छन्। गाउँमा कसैलाई घर सोध्दाप्रदीपपवनको घरभनेरसजिलै चिनिन्छ। यो नै उनिहरुको सफलता हो ।

अन्तर्राष्ट्रिय दर्शक, नेपाली कथा
आजसानो क्रिएटरयुट्युब च्यानलमा करिब ४५ लाख सब्सक्राइबर छन्।दर्शकमध्ये नेपालका करिब ४ प्रतिशत मात्रै छन् भने बाँकी सबै विदेशी दर्शक हुन् ।गाउँका साधारण कथा, नेपाली सिर्जनशीलता मौलिक कन्टेन्टमार्फत उनीहरूले नेपाललाई विश्वसामु चिनाएका छन्।

एउटा उदाहरण, धेरै प्रेरणा
प्रदीप पवन आज केवल सफल युट्युबर मात्र होइनन्,उनीहरू देशमै बसेर केही गर्न सकिन्छ भन्ने जीवितउदाहरण बनेका छन्।विदेशिने युवाको भीडबीच झापाको एउटा गाउँबाट सुरु भएको यो यात्रा आज नेपालकै लागिगौरवको कथा बनेको छ। प्रदिप आज २९ वर्ष भए भने पवन २० वर्षका हुन ।