बिर्तामोड, १९ फागुन । छैटौं झापा गोल्डकप अन्तरगत आज उद्घाटन खेल एपीफ विजयी भएको छ ।
गोलरहित बराबरीमा सकिएको खेल पेनाल्टी सुटआउटमा परिणत भएको थियो । संकटाका खेलाडीको लगातार दुई प्रहार विफल भएपछि एपीएफले ४–२ को अन्तरले जीत हासिल गरेको हो ।
खेलको म्यान अफ द म्याच एपीएफका गोल किपर एञ्जल श्रेष्ठ घोषित भए । यती ब्रुअरी मुख्य प्रायोजक रहेको गोल्डकपमा ए डिभिजन क्लबसहित १० टोली सहभागी छन् । भोलिको खेल नेपाल पुलिस र चर्च ब्वाइज बीच हुनेछ ।
अन्तर्राष्ट्रिय झापाली समाज मुख्य सहप्रायोजक र बिर्तामोड नगरपालिका संरक्षक रहेको झापा गोल्डकपको फाइनल खेल फागुन २८ गते हुनेछ ।
Advertisement
झापा गोल्डकपको विजेताले नगद रू १३ लाख पाउने छन् भने उपविजेताले नगद रू ७ लाख प्राप्त गर्नेछन् । मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकलसमेत प्रदान गरिने आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले जानकारी दिनुभयो । गोल्डकप सम्पन्न गर्न रू एक करोड ४० लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्