Advertisement

झापा /विद्युतीय व्यवसायी संघको अध्यक्षमा डिल्लीराम बाराकोटी चयन भएका छन् ।

संघको शनिबार निचाझोडा सिमसार तथा पर्यटकीय क्षेत्र चारआलीमा भएको दशौं साधारणसभा तथा तेस्रो अधिवेशन बाट बाराकोटी २ बर्षे कार्यकालकालागि निर्विरोध चयन भएका हुन् । त्यस्तै संघको उपाध्यक्षमा अम्बरबहादुर कार्की, सचिव रोशन बस्नेत, सह–सचिव दिनेश भट्टराई, कोषाध्यक्ष विवेक अग्रवाल सर्वसम्मत चयन भएका हुन् । त्यस्तै संघको सदस्यमा अरुण प्रधान , विवश न्यौपाने, रोहित अग्रवाल, उत्सव बांस्तोला, बिदुर कार्की र खगेन्द्र कार्की चयन भएका छन् ।

नव निर्वाचित कार्य समितिलाई निर्वाचन समितिका संयोजक दिपेन्द्र कटुवालले प्रमाणपत्र प्रदान संगै खादा माला पहिराएका थिए । कटुवालकाे संयाेजकमा रहेकाे प्रितिमकुमार धमाला, खगेन्द्र ढुङ्गाना निर्वाचन समितिले उनीहरूलाई सपथ गराएका थिए । नेपाल विधुतीय महासंघकाे महासचिव गाेपाल अग्रवालकाे प्रमुख अातिथ्यता तथा संघकाे अध्यक्ष भक्तिप्रसाद पाठककाे अध्यक्षतामा भएकाे कार्यक्रममा स्वागत संघकाे उपाध्यक्ष नरमाया बाराकाेटीले गरेकी थिईन ।

कार्यक्रममा प्रमुख अतिथि अग्रवाल, महासंघकाे सदस्य शंकर पाेखरेल, माेरङ इलेक्ट्रिक संघकाे राजेश अग्रवाल, दमक बिधुतीय संघकाे अध्यक्ष दिपक बराल , बिर्तामाेड उधाेग वाणिज्य संघकाे बरिष्ठ उपाध्यक्ष राजु न्याैपाने लगायतले शुभकामना मनतब्य राखेका थिए । कार्यक्रमकाे सन्चालन संघकाे सचिव अम्मर बहादुर अधिकारीले गरेका थीए ।

Advertisement

Advertisement