Advertisement

भोजपुरमा निमार्णधीन पक्की पुलको संरचना भाँचिएको छ।

षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिका जोड्ने इर्खुवा खोलामा बन्दै गरेको पक्की पुल बिहीबार बिहान भाँचिएको हो।

‘बन्दाबन्दैको पक्की पुल भाँचिएको हो। पुल भाँचिएर मानवीय क्षतिचाहिँ भएको छैन,’ षडानन्द नगरपालिकाका प्रमुख सुरेशकुमार उदासले सेतोपाटीसँग भने।

उनले पुल ढलान गर्नका लागि तयार पारिएको संरचना भाँचिएको बताए।
‘खोला फर्काएर टेको लगाएर फर्मा ठोकिएको थियो। त्यसमाथि फलामका छडहरू बाँध्ने काम भइरहेको थियो। आज बिहान अचानक भाँचियो। के कारणले भाँचियो भनेर जाँचबुझको काम भइरहेको छ,’ उनले भने।

Advertisement

प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९मा उक्त पुल ठेक्का लगाएर बनाउन थालिएको पनि उनले बताए। उक्त पुल दिव्यज्योति धनञ्जय जेभीले बनाइरहेको हो। पुलको लागत ६ करोड ३० लाख रूपैयाँ रहेको पनि उनले बताए।

साभार : सेतो पाटि अनलाईन

Advertisement