Advertisement

झापा/ झापामा बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गौरदह नगरपालिकाका १९ वर्षीय विवेक अधिकारीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो।अधिकारीले ती बालिकालाई आफ्नै घरमा ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी बैगुनधुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।