Advertisement

झापाको बिर्तामोडमा आजदेखि दोस्रो आदिवासी जनजाति बिर्तामोड महोत्सव शुरु भएकाे छ । सिटीसेन्टर, धर्मकाँटाको उत्तरपट्टि महोत्सव संचालन गरिएको हो ।

नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोड नगर समन्वय परिषदद्वारा आजदेखि ३० गतेसम्म दोस्रो आदिवासी जनजाति बिर्तामोड महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा सयभन्दा बढी स्टल रहेको आयोजकले जनाएको छ । त्यहाँ नगरका १७ वटा जातिको जातीय पहिचान झल्किने स्टलहरु निर्माण गरिएको महासंघले जनाएको छ ।

त्यस्तै खेल तमासा , बाल उद्यान ,अटोमोबाइल्स , आइटीलगायतका व्यावसायिक स्टलहरु रहेको महासंघका वीरेन मेचेले बताए । उनले आदिवासी जनजातिका जातीय परिकारहरुको स्टल पनि रहेको जानकारी दिए ।

महोत्सवमा राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुती रहने छ । द एलिमेन्ट बेन्ड , सविन राईको बेन्ड , पूर्ण राईको बेन्ड , सपना सुमनको बेन्डसंगै कलाकारहरु शान्तिश्री परियार, ज्योति मगर ,मेलिना राई , एलिना चौहान , राजनराज शिवाकोटीलगायत आउने मेला संचालक नारायण अधिकारीले बताए । उनले भोलि गायिका समीक्षा अधिकारी आउने जानकारी दिए । महोत्सवमा सयपत्री इन्टरटेन्मेन्ट प्रालि दमकको व्यवस्थापकीय भूमिका रहेको छ ।

Advertisement