Advertisement

बिर्तामोड । प्रदेशमै पहिलो पटक बिर्तामोडमा दुई दिन देखि शुरु एक महिने जुत्ता चप्पल महोत्सवमा ग्राहकहरुको संख्या बढ्दै गएको छ ।

पहिलो र दोस्रो दिनको तुलनामा तेस्रो दिन ग्राहकको संख्या दोब्बर रहेको महोत्सवका संयोजक नानीराज घिमिरेले बताएका छन्  ।

‘स्वदेशी उत्पादन प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ यही माघ ९ गतेसम्म प्रदेशस्तरीय ‘प्रथम बिर्तामोड जुत्ता चप्पल व्यापार महोत्सव २०८०’ शुरु भएको हो । बिर्तामोड सिटी सेन्टर इन्भेष्टमेन्ट प्रालिको आयोजना तथा नेपाली जुत्ता उद्योगी समूहसँगको सहकार्यमा महोत्सवको आयोजना गरिएको हो ।

महोत्सवमा नेपालका ८ वटा कम्पनीले उत्पादन गरेका १५ भन्दा बढी ब्राण्डका जुत्ता चप्पल राखिएको छ । महोत्सवमा नेपालमा स्थापित चर्चित जुत्ता चप्पल उत्पादक ८ वटा कम्पनीको र १५ भन्दा बढी ब्राण्डहरुको सहभागिता रहेको छ ।मेलामा ३ हजारभन्दा बढी मोडल र डिजाइनका जुत्ता चप्पलहरु उपलब्ध छन् ।

Advertisement

महोत्सवमा नयाँ डिजाइनका आकर्षक जुत्ता चप्पल खरिदमा २० देखि ५० प्रतिशतसम्म छुटको ब्यवस्था रहेको बताइएको छ

महोत्सव बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म खुल्ला रहेको बताइएको छ

Advertisement