बिर्तामोड झापा । नक्कली नेपाली नागरिकता बोकेको आरोपमा झापाबाट एक युवक पक्राउ परेका छन्।

आज बिहान करिब ११ बजे झापाको बिर्तामोड नगरपालिका स्थित शिवम मिठाइ पसलमा खाजा खान आएकाएक व्यक्तिले नक्कली नागरिकता कारोबारसँग सम्बन्धित शंकास्पद गतिविधि गरेको प्राप्त सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेज प्रकाशप्रसाईंको कमाण्डमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको सादा पोशाकको टोलीले उक्त व्यक्तिलाईनियन्त्रणमा लिएको हो।

पक्राउ पर्ने व्यक्ति झापा जिल्लाको शिवसताक्षी नगरपालिका११ निवासी राजकुमार ठाकुरका २३ वर्षीय छोरापप्पु ठाकुर रहेको प्रहरीले जनाएको छ। उनको साथबाट प्रारम्भिक जाँचका क्रममा केही कागजातसहित नक्कलीएक थान नेपाली नागरिकताको प्रमाणपत्र फेला परेको छ।

पक्राउ परेका युवकलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा लगिएको भनेघटनासम्बन्धी थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।