Advertisement

बिर्तामोड झापा / कन्काई नगरपालिका वडा नम्बर ३ सेल्फिडाँडा जाने भित्री सडक खण्डमा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले दुई जनालाई लागु-औषध सहित नियन्त्रणमा लिएको छ।

बिर्तामोड नगरपालिका वडा नम्बर २ बस्ने २३ वर्षीय भुपेन्द्र सिंह राजवंशी र १ बस्ने १९ वर्षीया आशिका नेम्वाङ लिम्बुलाई शंका लागी चेकजाँच गर्दा आशिका नेम्वाङ लिम्बुको साथबाट प्रतिबन्धित लागु-औषध ब्राउन सुगर प्लास्टिक सहित २ ग्राम ४० मिलिग्राम र प्लास्टिक बाहेक ५६० मिलिग्राम फेला परेको थियो। साथै, भुपेन्द्र सिंह राजवंशीको साथबाट नगद रू.२,१०० फेला परेको छ।

प्रहरीले दुबै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनिमा राखी थप अनुसन्धान कार्य जारी राखेको जनाएको छ !

Advertisement