Advertisement

पछिल्लो समय घोडा लोप हुदैछ , पूर्वी पहाडमा घोडा भारी बोक्ने भरपर्दो साधनको रुपमा लिने गरिन्छ तर केही बर्ष यता स्थानीय तहमा वर्गीकरण गरिएसगै धेरै ठाउँमा घोडा लोप हुँदै गएको छ । इलामको पनि माथिल्लो भेगमा केही बर्ष पहिले घोडा प्रशस्तै रुपमा पाइदै आएको मा अहिकले स्थानीय तह भएर जताततै सडक संजाल पुगेसगै घोडामा भर परेर भारी बोकाउने क्रम घटे सगै जताततै गाडि, अटोमा भारी बोकाउने चलन बढदो छ । तर पछिल्लो समय इलामको माईजोगमाई गाउँपालिका २ का तिर्थराज अधिकारी बिगत ४२ बर्ष देखि निरंतर घोडामा भारी बोकाएर आफ्नो दैनिकी गुजारा साथै परिवारको पेट पाल्दै आइरहेका छन ।
तिर्थराज अधिकारी ८२ बर्शका भए ।उनी ४२ बर्ष अगाडि देखि घोडामा भारी बोकाएर आफ्नो दैनिकी चलाइरहेको बताउछन ।तिर्थराज अधिकारिलाई हामिले इलामको पर्यटकीय ठाउँ माईजोगमाई गाउँपालिका वडा न २ र ६ को सिमाना थुम्केमा घोडाबाट सामान ढुवानी गरिरहेको भेट्यौ । अधिकारीले इलामको माथिल्लो भेग जोगमाई , जौवारी , प्याङ्ग , पंचमी , र भारतको विभिन्न ठाउँमा भारी बोकाएर परिवारको दैनिकी साथै आफ्नो व्यापार र दैनिकी धान्दै आइरहेका छन । पछिल्लो समय इलामको कन्याम ,श्रीअन्तु लगायत पर्यटकीय क्षेत्रमा घोडाले पर्यटकहरुलाई बोकेर राम्रो आम्दानीको श्रोत बनिरहेको बेला इलामकै माथिल्लो भेगमा घोडामा सामान ढुवानी गर्नु एउटा आश्चर्य अनि आफुले पहिल्यै बाट गर्दै आएको पेशा प्रतिको माया समेत देख्न सकिन्छ ।
तिर्थराजले आफ्नो उमेर सगै आफुलाई सधै घोडामा भारी बोकाएर आफ्नो र परिवारको जिम्मेवार निर्वाह गरिरहदा सडक संजालले कहिँ कतै यो पेशा संकटमा पर्दै गैरहेको अनुभूति भएको बताए । किन घोडामा भारी बोकाउनु हुन्छ भन्ने प्रश्नमा अधिकारीले घाडिमा भन्दा सस्तो भाडा पर्ने र जस्तो सुकै ठाउँमा पनि सहजै पुग्ने हुदाँ घोडामै भारी बोकाएको बताए । पहिले प्रसस्तै घोडा पाहिन्थे अहिले जताततै गाउँमा गाडी पुग्दै गर्दा घोडाबाट बोकाएर गर्दै आइरहेको व्यापार व्यवसाय धरापमा परेको ८२ बर्षिय अधिकारी आफ्नो अनुभव बताउछन ।
आफ्नो पेशामा आफू एकदमै खुसी र सन्तुष्ट रहेको अधिकारी बताउनुहुन्छ ।
पहिल्यै देखि गरेको काअ र बानी लागेका कारण जति सुकै सवारीसाधन भए पनि आफुले सकुनजेल यहीँ पेशामा लागिरहने बताउनुहुन्छ ।
यस्तै बाटोमा भेटिएका पेम्बा शेर्पाले पनि ऎतिहासिक जौवारी बजारबाट खाद्यान्न ढुवानी गर्दै गरेको हामिले भेट्यौ । शेर्पा र अधिकारी मात्र हैन यस्ता धेरै पात्र छन इलाममा जस्ले आफ्नो दैनिकी सधै घोडामा भारी बोकाएर निर्वाह गरिरहेका छन ।