ताप्लेजुङ,पौष २० गते । मुक्कुम्लुङ संयुक्त सङ्घर्ष समितिसहित मुक्कुम् संलग्न संघसंस्थाहरूले आइतबारदेखि मेची राजमार्ग,तमोर करिडोर र ताप्लेजुङ भित्र अनिश्चित कालका लागि यातायात बन्द गर्ने घोषणा गरेका छन् ।

विज्ञप्ति जारी गरेर उक्त संस्थाले सो जानकारी गराएका हुन्। पौष १७ गते पाथीभरा (मुकुम्लुङ) संरक्षणको लागि इलाम जिल्लाबाट गएका २६ जना मानिसहरूलाई तल्लो फेदीमा तैनाथ प्रहरीहरूले माथि जानबाट रोकेर फिर्ता पठाएको , तीनजनालाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा ल्याइएको भन्दै उनीहरूको रिहाइको मागसहित विभिन्न माग राखेर बन्दको आह्वान गरिएको बताइएको छ।सरकारको अन्याय ,ज्यादाति र जातीय साम्प्रदायिक कार्यको विरोध गर्न केवलकार खारेज नभएसम्म ठूलो फेदीबाट सशस्त्र र जनपथ प्रहरी फिर्ता नभएसम्म आन्दोलन फिर्ता नहुने विज्ञप्तिमा उल्लेख गरिएको छ।

यस अघि उक्त संस्थाहरुले आफ्नो माग पूरा गर्न२० गते अर्थात् शनिबार सम्मको अल्टिमेटम दिएका थिए। “उक्त यातायात बन्दलाई सफल पार्न सहयोग गरिदिन सम्पूर्ण न्यायप्रेमी जनसमुदाय यातायात व्यवसायी मजदुर लगायत सबैले सहयोग गरिदिनुहुन हार्दिक अनुरोधका साथै सबैलाई बन्द सफल पार्न हार्दिक आह्वान गर्दछौं । ”विज्ञप्तीमा भनिएको छ ।#तस्बीर संकेतको लागि मात्र