Advertisement

बिर्तामोड। राष्ट्रिय प्रजातन्त्र पार्टी झापा जिल्ला कमिटीले नविन राप्रपा को कार्ययोजना २०८० संचालनका लागि अभिमुखीकरण तथा कार्यकर्ताहरूलाई भूगोल केन्द्रित जिम्मेवारी आज दिएको छ।

राप्रपाका केन्द्रिय अध्यक्ष माननीय राजेन्द्र लिङ्दनको विशेष उपस्थितिमा भएको कार्यक्रममा प्रदेशका निर्वतमान कृषि मन्त्री भक्ति सिटौला, प्रदेश सांसद सबीना बजगाई, अमर विष्ट लगायत पार्टीका केन्द्र देखि गाउँ कमिटी सम्मका अगुवा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो।

भूगोल केन्द्रित जिम्मेवारी प्राप्त गरेका कार्यकताहरुलाई अध्यक्ष लिङदेनले पत्र बुझाएका थिए।

कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले राप्रपामा अव नेता बन्न गाउँ गाउँ पुग्नुपर्ने र संगठन गर्नुपर्ने भन्दै जिम्मेवारी पूरा नगर्ने नेतालाई जिम्मेवारी मुक्त गरिने चेतावनी समेत दिएका थिए।
पार्टीको हरेक एजेण्डा सहि भएकाले त्यसलाई स्थापित गर्न र बुझाउन युवा तथा सबैलाई समेट्न पर्ने भएकाले एकपटक सबै नेताहरुलाई पार्टीलाई नविन रूप दिन खटिन पर्ने आवश्यकता औंल्याएका थिए।

Advertisement

महिला तथा युवा सहभागिता बढाउन पनि एकपटक सबैसामु पुग्न को विकल्प नभएको धारणा राख्दै शुन्य भष्ट्राचार र सुशासन कायम गर्न राप्रपा सक्षम हुने बताएका थिए।
जिल्ला अध्यक्ष केशवप्रसाद ओझा को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव कुमार थापाले गरेका थिए।

Advertisement