Advertisement

झापा/ राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ।आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्‍याएको योगदानको स्मरण गर्दै कार्यक्रममा उनीप्रति श्रद्धासुमन अर्पण गरिएको हो ।

सोही अवसरमा झापाको कचनकवल स्थित पाठामारीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (रा.प्र.पा) झापाको आयोजनामा पृथ्वी जयन्ती तथा एकता दिवस मनाईएको छ l बिहान ८ बजे समितिले पाठामारि नयाँ हाटमा सरसफाइ कार्यक्रम गरेको थियो भने दिउँसो १२ बजे पाठामारि नयाँ हाट बजारमा बृहत कार्यक्रम गर्दै साझ ६ बजे बनियानी चोकमा दीप प्रज्वलन कार्यक्रम गरिएको थियो l 

कार्यक्रमको अध्यक्षता रबि चन्द्र ओझाले गर्नुभएको थियो भने प्रमुख अथिति सहायक महामन्त्री भारतेन्दु मल्लिक हुनुहुन्थियो l कार्यक्रममा राप्रपाका कार्यबाहक अध्यक्ष सिता लम्साल, माननीय निमसरि राजबन्सि,रबिन्द्र लिङ्देन,संविधान सभा सदस्य भक्त खपाङि,राधा कार्कि,अन्जार आलम लगायत राप्रपाका नेता तथा कार्यकर्ताहरूको गरिमामय उपस्थिती रहेको थियो l कार्यक्रम माथि प्रकाश भरत खपाङ्गीले गर्नुभएको भने कार्यक्रममा मुना आलम आफ्नो कविता प्रस्तुत गर्नुभएको थियो l कार्यक्रमा संचालन राप्रपा जिल्ला सचिब कुमार थापाले गर्नुभएको थियो l

Advertisement