Advertisement

बिर्तामोड झापा/ राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन (राप्रविस) हल्दिबारीको अधिवेशन आज एक कार्यक्रमका बीच सम्पन्न भएको छ । अधिवेशनमा पंकज साह अध्यक्ष पदमा चयन भएका छन्।

यसैगरी उपाध्यक्षमा बिपी कोइराला सचिवमा अन्जली बोहरा   सह-सचिवमा खुसि साह  कोषाध्यक्षमा सबिना सिलवाल चयन भएका हुन् ! यसैगरी सदस्यहरुमा क्रमश :वकिल मण्डल,समिर गजमेर, मन्दिरा घिमिरे,निर्मला घिमिरे,लक्ष्मी चापागाई,भिम भटराई,रोसन गौतम र मौसम रिजाल चयन भएका थिए !

अधिवेशनमा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो ! राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन (राप्रविस) हल्दिबारी अध्यक्ष अनिल चौहानको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी राष्ट्रिय प्रजानात्र पाटिका केद्रीय अध्यक्ष साथै माननीय राजेन्द्र प्रसाद लिङ्देनको रहेको थियो ! विशिष्ट अतिथि र अतिथिहरुमा क्रमशः केद्रीय प्रचारप्रसार बिभाग उप-प्रमुख खुस्बु ओली लगायत पाटिका प्रदेश सचिव कुमार भटराई देखि जिल्ला अध्यक्ष केशव ओझा हुदै पालिका अध्यक्ष एकराज राना मगर , हल्दिबारी गाउपलिका अध्यक्ष रबिन्द्र लिङ्देन तथा पाटीका विभिन्न पदमा रहेका सदस्यहरुको उपस्थिति रहेको थियो !

प्रमुख अतिथि राजेन्द्र प्रसाद लिङ्देनले आफ्नो शुभकामना मन्तव्यमा विद्यार्थीहरूलाई राजनीति क्षेत्रमा अग्रसर हुन जरुरी रहेको बताए। उनले भने, “राजनीति क्षेत्रमा विद्यार्थीहरूको सक्रिय सहभागिता महत्वपूर्ण छ। देशको भविष्य विद्यार्थीहरूको हातमा छ र उनीहरूको संलग्नताले देशलाई सकारात्मक दिशा दिन सक्छ।”

Advertisement

लिङ्देनले शुभकामना मन्तव्यमा विद्यार्थीहरूको हकहितका लागि संगठनले महत्वपूर्ण भूमिका खेल्ने र नयाँ नेतृत्वले संगठनलाई नयाँ अध्यक्ष पंकज शाह र अन्य पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना दिए। सशक्त बनाउन योगदान पुर्याउने

विश्वास व्यक्त गरे। साथै, उनले नयाँ अध्यक्ष पंकज शाह र अन्य पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना दिए।

Advertisement

नयाँ अध्यक्ष पंकज शाहले आफ्नो कार्यकालमा विद्यार्थीहरूको हकहितका लागि विभिन्न योजनाहरू कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले संगठनलाई सशक्त र प्रभावकारी बनाउन सक्रिय भूमिका निभाउने बताए।

नव निर्वाचित टोलीले संगठनको उन्नति र प्रगतिको लागि संयुक्त प्रयास गर्ने लक्ष्य राखेको छ। अध्यक्ष पंकज शाहले विद्यार्थीहरूको आवश्यकता र समस्याहरूलाई प्राथमिकतामा राख्दै समाधान खोज्ने बताएका छन्।

अधिवेशनमा सहभागीहरूले पनि नयाँ नेतृत्वलाई समर्थन र सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।

अधिवेशनले संगठनको आगामी कार्यदिशा र नीति निर्धारणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। मिलन बिस्वकर्मा ले स्वागत पारेको कार्यक्रम संचालन योगेश कार्की ले गरेका थिए !