Advertisement

बिर्तामोड झापा / मिति २०८१ साल श्रावण १३ गते बिहान ९:४५ बजे, झापा जिल्ला मेचिनगर नगरपालिका वडा नं. ६ पुरानो मेचिपुल स्थितमा, झापा मेचिनगर नगरपालिका वडा नं. ७ पालिया टोलका २८ वर्षीय झक बहादुर खड्का लागूऔषध (खैरो हेरोइन) ५ ग्रामसहित पक्राउ परेका थिए। उनलाई लागु औषध मुद्दामा आवश्यक कानुनी कारबाहीको लागि अदालतबाट ५ दिनको म्याद थप गरि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको थियो।

मिति २०८१ साल श्रावण १६ गते बिहान १:४० बजे, खड्काको स्वास्थ्य असहज भएपछि तत्काल आम्दा अस्पताल धुलाबारी, झापा लगिएको थियो। तर, उपचारको क्रममा बिहान १:५५ बजे डक्टरले उनलाई मृत घोषित गरेका छन्। घटनाको सम्बन्धमा थप आवश्यक कानुनी प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ।