Advertisement

बिर्तामोड । वडा सचिवले मनोमानी गरेको भन्दै बिर्तामोड नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष रोहित प्रसाई आन्दोलनमा उत्रिएका छन् ।

५ नम्बरका वडा सचिव विमल पोखरेलले समय अनुशासन पालना नगरेको तथा जनताका काम सहि ढंगले नगरेको, काम गर्न असहयोग गरेकोे र समयमा कार्यलय नआउने, सेवाग्राहीले खोजेको समयमा नभेटिएको भन्दै वडाध्यक्ष प्रसाई विरोधमा उत्रिएका हुन् ।

वडाध्यक्ष प्रसाईले नगरपालिकाको प्राङगणबाट सेवा दिइरहेका छन् । वडा सचिव विहान कार्यालय समय १० बजे उपस्थित नभएको र ८ घण्टा काम नगरेको वडाध्यक्ष प्रसाईको भनाई छ । समयमा कर्मचारी नआउदा सेवाग्राहीलाई सास्ती पाएको , वडाको कामकारबाही प्रभावित भएको उनले बताए ।

वडा सचिवले काम नगरेको समयको तलब कटौती गरेर नगरको खातामा जम्मा नगरेसम्म आफुले नगर परिसरबाटै सेवा दिने प्राईले बताए । प्रसाईको कर्मचारीको विरुद्ध उठाएको मागमा अन्य संघ संस्था तथा राजनीतिक दलका भातृ संगठनले समर्थन जनाएका छन् ।

Advertisement

Advertisement