दमक । झापाको शिवसताक्षी नगरपालिकाले इन्धनमा गरेको अचाक्कली खर्चलाई महालेखा परीक्षकको कार्यालयले बेरुजु देखाएको छ । महालेखाको आ.व. ०७९÷८० को प्रतिवेदनमा शिवसताक्षीले ५७ लाख ५१ हजार ५ सय २२ रुपैयाँ खर्च भएको देखाएको छ ।
पालिकाले पेश गरेको सवारीगत इन्धन खर्च बमोजिम पालिकामा उपलब्ध एम्बुलेन्समा २८७६ लिटर, व्याकहोलोडरमा २४६५५ लिटर, लोवेडमा ७० लिटर, ट्रिपरमा ४०५ लिटर, सववाहनमा १०० लिटर, रोलरमा ३०० लिटर इन्धन खपत भएको विवरण उल्लेख छ ।
सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्ने सम्वन्धी मार्गदर्शन, २०७५ मा सवारी साधनको इन्धन, मर्मत खर्चमा एकरुपता ल्याउन निश्चित मापदण्ड बनाई कार्यान्वयनमा ल्याउनु पर्ने व्यवस्था गरेको छ । पालिका र पालिका अन्तर्गतका शाखाहरुको विभिन्न शिर्षकमा बजेट विनियोजन गरी इन्धनमा साढे ५७ लाख खर्च गरेका छ । पालिकाले कर्मचारीको लागि इन्धन मापदण्ड तयार गरेपनि पदाधिकारीहरुको लागि इन्धन खर्चको मापदण्ड तयार नगरेको प्रतिवेदनमा उल्लेख छ ।
शिवसताक्षी नगरपालिकाले सवारी साधन अनुसार वार्षिक इन्धन खर्च र उपयोगको विवरण खुल्ने गरी लगबुक नराखेको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस्