Advertisement

टिकाराम बास्तोला
बिर्तामोड झापा /आज साउनको पहिलो सोमबार झापाको अर्जुनधारा जलेश्वर धामसहित देशभरका शिवालयहरूमा भक्तजनहरूको भिड लागेको छ।

साउने सोमबारका दिन पूजा–आराधना र अर्चना गर्नाले मनोकामना सिद्ध हुने हिन्दू धर्मावलम्बीहरूको विश्वास रहिआएको छ।

हरिशयनी एकादशी अर्थात् आषाढ शुक्ल एकादशीमा भगवान् विष्णु क्षीर सागरमा सुतेपछि हरिबोधिनी एकादशीसम्म भगवान् शिवले सृष्टि सञ्चालनको जिम्मा लिने कथन छ।

सूर्य दक्षिणायनपछि विशेष चाडपर्वको सुरुवातको संकेत गर्ने पूर्वीय संस्कृतिमा साउने सोमबारलाई विशेष महत्व दिएको पाइन्छ।

Advertisement

तस्बिरहरू :

Advertisement