Advertisement

बिर्तामोड उद्योग बाणिज्य संघको फागुन १४ गते तय भएको निर्वाचनमा स्वतन्त्र व्यवसायिक प्यालनबाट महासचिव पदमा उम्मेद्वारी दिएका कृष्ण पौडेलले भैपरी आउने व्यवसायीक संकट टार्न तथा प्राकृतिक प्रकोपबाट हुने जोखिम नियन्त्रण नै आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् ।

उनले पछिल्लो सम्म आर्थिक मन्दीका कारण व्यवसायीहरु समस्या परेको अवगत गराउंदै संकटमा परेका व्यवसायीलाई केहि सहजता प्रदान गर्न ब्यवसायीक कल्याणकारी कोष स्थापना गर्ने योजना अघि सारिएको बताए

आर्थिक मन्दीका कारण समस्यामा परेका व्यवसायीसंगै सहकारीसँग समन्वय गरी अगाडी बढ्ने तथा ब्यवसायीको हितको लागि स्थापना गरिएको ब्यवसायीक कल्याणकारी कोषबाट समस्यामा परेका ब्यापारीहरुलाई सहयोग गर्ने उनको भनाई छ ।

को हुन कृष्ण पौडेल?

Advertisement

मेरङको तत्कालिन बयरबन गाविस–२ हाल कानेपोखरी गाउँपालिका–३ मा पिता बिष्णुबहादुर र माता पूर्णमाया पौडेका कोखबाट २०३३ पुस २ गते जन्मिएका पौडेलले २०५० सालदेखि भद्रपुरमा शिवशक्ति फर्माबाट मेडिकल ब्यवसाय यात्रा तय गरेका थिए ।

बिर्तामोड क्षेत्रमा २०५२ सालमा कबिर फार्मेसी, २०६५ सालमा श्री अन्तु फर्मा सेल्स औषधिको थोक पसल सञ्चालन गरिरहेका छन् ।

Advertisement

मेडिकल ब्यवसायी पौडेल सहकारीकर्मी पनि हुन् । उनी धौलागिरी पारिजात बहुउद्देश्यी सहकारी संस्थाको संस्थापक अध्यक्ष समेत हुन् । १६ बर्ष अध्यक्षको भुमिका रहेका उनी हाल सो सहकारीका कार्यकारी प्रमुखका रुपमा कार्यरत छन् ।

उनी ब्यवसायी मात्र नभएर बिभिन्न सामाजिक तथा धार्मिक संघ÷संस्थामा समेत आवद्ध छन् ।

उनी तारा नमस्ते बालग्रामका संस्थापक सदस्य, लायन्स क्लब अफ अनारमनीका संस्थापक अध्यक्ष, जिल्ला सहकारी संघका सञ्चालक, निर्माधिन नागरिक स्वास्थ्य सहकारी अस्पतालका परिकल्पनाकार तथा प्रवन्धक निर्देशक साथै अन्य थुप्रै सामाजिक तथा धार्मिक संघसंस्थामासमेत नृतृत्वदायि भुमिकामा छन् ।

उनले ब्यवसायिको हितमा काम गर्ने सक्ने उम्मेद्वार स्वतन्त्र ब्यवसायिक प्यानलमा भएकाले आफुसहित सम्पूर्ण उम्मेद्वारलाई मतदान गरी बिजयी गराउनसमेत सवै मतदाता ब्यवसायीलाई आग्रह गरेका छन् ।