Advertisement

झापा।झापाको हल्दीबारी गाउँपालिकाले सबैभन्दा प्रथम बालमैत्री घोषणा गर्ने वडालाई १० लाख दिने घोषणा गरेकोे छ्।

हल्दीबारी गाउँपालिकाको आज बसेको पहिलो बालमैत्री स्थानीय शासनको गाउँपालिका स्तरीय बैठकमा गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देनले गाउँपालिकाको सिलिङ बजेट बाट पहिलो बालमैत्री घोषणा गर्ने वडालाई १० लाख दिने घोषणा गर्नु भएको हो ।

आज २४ गते बसेको बालमैत्री स्थानीय शासन समितीको बैठकको अध्यक्ष तथा गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देनको अध्यक्षतामा साथै वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु, कर्मचारी , बाल सञ्जालका प्रतिनिधि लगायत को उपस्थिति मा बैठकमा १० लाख दिने घोषणा गरिएको हो।

Advertisement