Advertisement

गौरादह: झापा गौरादह नगरपालिकामा विगत लामो समय देखि सुनचाँदी व्यवसाय गर्दै स्थानीयवासीको मन जित्दै आएका सोमराज विश्वकर्मा एकाएक फरार हुन्छन् l

गत असार १५ गते सोमराज को फेसबुक आईडीबाट गौरादह वडा नं. १ का वडाअध्यक्ष नगेन्द्र भण्डारीलाई हस्तलिखित पत्र पठाउदै कोरोनाका कारण लकडाउन हुँदा र अहिलेको आर्थिक सङ्कटकका कारण व्यवसाय गर्नै नसक्ने गरी डुबेको पत्रमा उल्लेख गरिएको थियो l

स्थानीयवासीहरूको करिब ३० करोड रकम हिनामिना गरेर असार १४ गतेबाट फरार रहेका विश्वकर्मा साउन ४ गते झापाको सीमावर्ती इलाका काँकडभिट्टामा प्रहरी सामु आत्मा समर्पण गरी पक्राउ पर्छन् l हाल विश्वकर्मालाई इलाका प्रहरी कार्यालय दमकमा राखी अनुसन्धान जारी रहेको श्रोतले जनाएको छ l

बुधबार ६८ जनाले सोमराजकी श्रीमती सुभद्रा विश्वकर्माको नाममा पनि रकम हिनामिनाको उजुरी दिएपछि बिहीबार बेलुका प्रहरीले उनलाई नियन्त्रण लिएर अनुसन्धान अघि बढाएको छ l एता पिडित पक्षहरुले निर्माण गरेको सोमराज पीडित समुहले भने चरणबद्ध सङ्घर्षका कार्यक्रमहरू भने गर्दै आइरहेको छ l सोमराज पीडित समूहले सोमराज विश्वकर्माको नाम रहेको जग्गा तथा उनको निजी निवासमा झण्डा गाडेका छन् l

Advertisement