Advertisement

सितल अधिकारी 

गौरादह/ नेपाली कांग्रेस गौरादह नगर कमिटिले करमा अचाक्ली वृद्वि भएको भन्दै आज ध्यानाकर्षण पत्र बुझाएको छ । 

आर्थिक बर्ष २०८० /०८१ बाट लागु हुनेगरी बदाईएको कर गौरादह नगरपालिकाका आम नागरिकहरूलाई आफ्नो आम्दानीको तुलनामा अति नै भार पर्ने किसिमको निर्घारण गरिएको भन्दै नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि रोहित कुमार शाहको संयोजकत्वमा बनेको ” बिकास निर्माण समन्वय तथा खबरदारी समितीले नगरमा ध्यानाकर्षण पत्र बुझाएको छ ।  गौरादह नगरपालिकाका पुर्व नगर प्रमुख तथा नेपाली कांग्रेसका बिकास निर्माण समन्वय तथा खबरदारी समितीका संयोजक रोहित कुमार शाहद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा भूमिकर तथा सम्पति कर संसोधन गर्नुपर्ने, भूमिको अबैज्ञानिक बर्गिकरण ब्याबस्थित गर्दै बैज्ञानिक गरिनुपर्ने, बाटोको प्रकृति अनुसार भूमिकर लिने प्रावधान अवैज्ञानिक भएकाले उत्पादकत्व अनुसार भूमिकर कायम गरिनुपर्ने माग गरिएको छ l

 ध्यानाकर्षण पत्रमा उल्लेखित विषयप्रति नगरपालिका जिम्मेवार ढंगले प्रस्तुत नभएमा चरणवद्व आन्दोलनमा उत्रने चेतावनीसमेत दिएको छ ।

Advertisement