Advertisement

हल्दिबारी/ हल्दिबारी गाउँपालिका वडा नं. ४ मा अन्दाजी १५ बर्षीय किशोरीले आफु डेरागरी बसेको घरको बरेन्डाकोठामा झु न्डीएर आ त्मा ह त्या गरेकी छन् ।

हल्दिबारी माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत सुस्मिता रायालाई विहान झु न्डीएको अवस्थामा उनका भाईले देखेपछि स्थानिय लाई खबर गरेका थिए ।

मृतक रायाका बुवा वैदेशिक रोजकारका लागि साउदी अरब रहेका छन भने उनि, भाइ र आमा हल्दिबारी गाउँपालिका काजली बजार पुर्व डाँडागाउँमा २ बर्ष देखि स्थानियको एक घरमा भाडामा बसोवास गर्दै आएका थिए ।

हाल शवलाई पोस्माटम का लागि भद्रपुर लगिएको जलथल प्रहरिले जनाएको छ ।

Advertisement