साउन १०,बिर्तामोड झापा / झापाको बिर्तामोड नगरपालिका वडा नं. ४ स्थित पुरानो सगरमाथा टोलमा बस्ने ३४ वर्षीय सैलेश साह आफ्नै घरको दोस्रो तलाको कोठामा पासो लगाएर मृत अवस्थामा फेला परेका छन्। घटना सैलेशका बुबा विनोद साहले देखेपछि तुरुन्तै प्रहरीलाई खबर गरेको जनाएको छ !
इलाका प्रहरी कार्यालय अनारमनी झापाबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। थप अनुसन्धान एवं कानुनी प्रक्रिया पूरा गरी मृतकको शवलाई पोष्टमार्टमका लागि ४ बजे प्रादेशिक अस्पताल, भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।
सैलेश साहले बिर्तामोड नगरपालिका वडा नं. ४ स्थित भद्रपुर रोडमा कस्मेटिक पसल संचालन गर्दै आएका थिए।उक्त घटनाको समन्धमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ !
प्रतिक्रिया दिनुहोस्