यही जेठ २५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘गाउ आएको बाटो’ ले मोबाइल उपहार दिने भएको छ । उपहार प्राप्त गर्नको लागी एक प्रतियोगीतामा भाग लिनुपर्ने छ ।
भाग लिनको लागी तपाईंले आफ्नो बुवा वा आफ्नै छोरा छोरीलाई पत्र लेखे पुग्छ । बिभिन्न देशमा आयोजना भएको फिल्म फेस्टिवलमा सहभागी जनाएर अवार्ड समेत जितेको ‘गाउ आएको बाटो’ लाई अब जेठ २५ देखी सबैले हेर्न पाउने भएका छन । गाउ गाउमा बाटो पुगेर यातायात भित्रिएपछी फेरिएको जीवन शैलीको कथा पेस गर्ने ‘गाउ आएको बाटो’ ले पत्र लेख्ने प्रतियोगीता आयोजना गरी मोबाइल उपहार दिने भएको हो । बासुरी फिल्मस प्रालीको ब्यानरमा निर्माण भएको ‘गाउ आएको बाटो’ ले आफ्नो गाउँमा मोटर बाटो खुलेपछि बाबु र छोराबीचको सम्बन्धमा द्वन्द्व कसरी प्रवेश गर्छ भन्ने चित्रण गरिएको छ।
यसैले पनि पत्र आफ्नो बुवा वा छोरा छोरीलाई लेख्नु पर्नेछ । फिल्म निर्माण टिमले शुक्रबार फिल्मको एक पोस्टर सार्वजनिक गर्दै प्रतियोगिताको विभिन्न जानकारी दिएको हो । प्रतियोगीताका लागि जेठ ४ देखि २२ गतेसम्म पठाइएका भिडियो सहभागी हुनेछन् । प्रतियोगीले चिठी प्रतियोगिताको भिडियोमा अनिवार्य रूपमा फिल्मको नाम र प्रदर्शन मिति राखेको हुनुपर्ने प्रावधान छ । उक्त भिडियो निर्माण कम्पनी बाँसुरी फिल्मस्को पेजमा ट्याग गर्नुका साथै बाँसुरी फिल्मस्को युट्युब च्यानल सब्सक्राइभ गरेको हुनुपर्नेछ ।
प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रोले ‘होनोर एक्सनाइनबी’ मोवाइलसेट प्राप्त गर्नेछन् ।आदिवासी राई समुदायको सामाजिक पृष्ठभूमिमा बनेको चलचित्रमा दयाहाङ राई, पशुपति राई, प्रसन्न राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बा लगायतका कलाकारहरुको अभिनय रहेको छ । महेश राई र निर्देशक सुब्बाले संयुक्त रुपमा फिल्मको पटकथा लेखेका हुन् भने अन्तर्राष्ट्रिय सिनेमेटोग्राफर जोस हेरुमले छायांकन गरेका छन ।माइला आफ्नो छोरा बिन्द्रे (प्रसन राई) लाई मायालु नजरले हेर्छन जुन कोमल क्षणले बुबा र छोरा बीचको घनिष्ठ सम्बन्धलाई संकेत गर्छ।“गाउँको बाटो” ले हामीलाई नेपालको पूर्वी हिमालयको पहाडी क्षेत्रमा साधारण गाउँको जीवन बिताउने टोकरी बुन्ने माइलासँग परिचित गराउँछ। फिल्मले उनको आक्रोशलाई संकेत गरे तापनि माइला आफ्नी श्रीमती माइली (पशुपति राई) को लागि मायालु पति र सात वर्षीय छोरा बिन्द्रेको बुबा हुन्।
प्रतिक्रिया दिनुहोस्