बिर्तामोड झापा / बिर्तामोड नगरपालिका वडा नम्बर ५ स्थित कन्काई अस्पतालको क्यान्टिनमा रहेको ग्यास सिलिन्डर अचानक पड्किएर आगलागी हुदा एक जना व्यक्ति सामान्य घाइते भएका छन् !

उक्त आगलागी प्रहरी र सोही अस्पतालका कर्मचारीहरूको सहयोगमा फायर एक्सटिंग्विशर र पानीको प्रयोग गरी पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो। आगलागीबाट बाह्रदशी गाउँपालिका वडा नम्बर ६ बस्ने ४१ वर्षीया सिता धमलाको दुबै खुट्टामा सामान्य जलेर घाइते भएकी थिइन्। उनलाई सोही अस्पतालमा सामान्य उपचार पश्चात डिस्चार्ज गरिएको छ र उनको अवस्था सामान्य रहेको बताइएको छ।

आगलागीबाट क्यान्टिन भित्र रहेको १ वटा फ्यान, १ वटा सिलिन्डर, र १ वटा र्‍याक जलेर अन्दाजी १५,००० रुपैयाँ बराबरको क्षति भएको छ।