बिर्तामोड झापा / २१ वर्षीय अर्जुन विश्वकर्माले आफ्नै घरमा चार लाख लगानी गरेर नयाँ नमुना कार निर्माण गरि यति बेला सबैलाई अचम्भित पारेका छन्।
झापाको कमल गाउपालीका वडा नम्बर ६ मा बस्दै आएका अर्जुनको न त् आफ्नो घर नै छ न त् जग्गा नै, अरुको घरमा बस्दै आएका उनीहरु सोहि घरधनीको जग्गा कमाएर बसिरहेका छन् ! उनि विगत एक बर्ष अगाडी रोजगारिको शिलसिलामा मलेशिया पनि गएको उनि बताउछन ! तर आफ्नो स्वास्थमा केहि समस्या आएकाले फेरी आफ्नै देश नेपाल फर्किएको बिर्तामोड झापा डट कम संग कुराकानीको क्रममा उनले बताए !
अर्जुनको यो अद्भुत कार निर्माणले स्थानीय समुदायमा चर्चा र प्रशंसा बटुलिरहेको छ। अर्जुनले भने, “मैले यो कार निर्माण गर्न घरको साधारण उपकरणहरूको मात्र प्रयोग गरेँ। यदि सरकारले मलाई उचित सहयोग र साधन उपलब्ध गराएमा, म अझै ठूला र उन्नत परियोजनाहरू पनि सफलतापूर्वक सम्पन्न गर्न सक्छु।”
उनको यो उपलब्धि सँगै स्थानीय समुदायले सरकार र निजी क्षेत्रलाई यस्ता प्रतिभावान युवाहरूको क्षमता पहिचान गर्न र आवश्यक सहयोग गर्न आग्रह गरेको छ। अर्जुनले भने, “सरकारको सहयोगले जे पनि बनाउन सकिन्छ।” यो भनाइले नयाँ सम्भावनाहरूको ढोका खोलेको छ र युवाहरूलाई उत्साहित गरेको छ।
अर्जुनको घरमा ६ जनाको परिवार छन् ! जसमा दुई भाईहरु एक बहिनि र आमा बुबा बस्छन ! विश्वकर्माको यो प्रयासले न केवल उनको व्यक्तिगत क्षमताको प्रमाणित गरेको छ, तर यसले देशभरिका अन्य युवाहरूलाई पनि आफ्ना सपना पूरा गर्न प्रेरणा दिएको छ। अब, सबैको नजर अर्जुनको आगामी योजनामा केन्द्रित भएको छ, जसले भविष्यमा अझ धेरै आश्चर्यजनक आविष्कारहरू गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्