हल्दिबारी/ झापाको हल्दिबारी गाउपालिकामा रहेको पातञ्जल योग समिति हल्दिबारीले योगलाई निरन्तरता दिदै गाउपालिकावाशी लाई नै योगमा केद्रित गर्ने अभियानमा जुटेको छ ।
आगामी एक बर्सभित्रमा हल्दिबारीमा भएका प्रत्येक टोलटोलमा योग साधना केद्र स्थापना गरि प्रत्येक टोलवाशीलाई योग साधना केद्रमा जोड्दै लैजाने र प्रत्येक दुईदुई महिनामा स्थानिय जडीबुटीको पहिचानका लागि प्रशिक्षण तथा गोष्टी कार्यक्रमको आयोजना गर्ने योग समिति हल्दिबारीका अध्यक्ष मिलन बिस्वकर्माले बिर्तामोड झापा डट कम लाई बताउनु भयो ।
केहि दिन अघि मात्र योग समिति नेपालको छैटौ स्थापना दिवसको अवसरमा हल्दिबारी वडा ४ मा रहेको दुर्गा मन्दिर साधना केन्द्रमा योग दिवस मनाएको थियो ।
हरेक नागरिकलाई दैनिक आहार बिहारका विषयमा सचेत बनाउन यस हल्दिबारी योग समिति समितिले विशेष भूमिका निर्वाह गर्ने योग समिति हल्दिबारीका सचिव होमनाथ अधिकारीले बताउनु भयो ।
शारीरिक एवं मानसिक उपचारमा योग सर्बोत्तम बिकल्प हो । यो यति शक्तिशाली एवं प्रभावकारी यसकारण हुन्छ कि, यसले सद्भाव र एकीकरणको सिद्धान्तमा काम गर्छ ।
मधुमेह, उच्च रक्तचाप, दम, युरिक एसिड, पाचन विकार, बाथ जस्ता रोगको नियन्त्रण एवं निदानका लागि योग अपरिहार्य छ । मानसिक तथा शारीरिक विकार हटाएर शरीरलाई स्वस्थ्य बनाउन योगले महत्वपूर्ण भुमिका गर्छ ।
हल्दिबारी योग समितिले नियमित योग साधनालाई निरन्तरता दिदै आगामी दिनमा सम्मत अझै योग शिविर गर्दै अगाडी बद्दने अध्यक्ष विश्वकर्माले बिर्तामोड झापा डट कम लाई बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्