झापा/लागु औषध सेवन गरी सवारी चलाउने तीन जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले बुधवार पूर्व पश्चिम राजमार्ग अन्तरगत मेचीनगर नगरपालिका- ७ स्थित प्यारीभिट्टामा सवारीसाधनको लापसे चेकजाँच गर्ने क्रममा लागु औषध सेवन गरी सवारी चलाउने तीन जनालाई नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिएका उनीहरूलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टा पठाएको छ । लापसे चेकजाँचमा जिल्ला ट्राफिक, इप्रका काँकडभिट्टा, ट्राफिक प्रहरी पोस्ट काँकडभिट्टा, यातायात व्यवसायी र प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । सवारीसाधन चलाउने चालकहरूलाई घटनास्थलमै लापसे जाँच गराउँदा तीन जना चालकले सेवन गरेको पाइएको ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
ट्राफिक प्रहरीले मापसेमा कडाइ गरेपछि पछिल्लो समयमा लापसे अभियानमा लागि परेको बताइएको छ । सोही क्रममा ट्राफिक प्रहरीले सवारी साधनमा नियम बमोजिम जडान गरिएका प्रेस हर्न समेत जफत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्