Advertisement

बिर्तामोड/ पढाई सङ्सगै समाजमा रचनात्मक अतिरिक्त कृयाकलाप गर्दै आएको झापा बिर्तामोडको आदर्श स्कुल अफ म्यानेजमेन्ट परिवारले तिज विशेष तथा बाल दिवस को अवसर मा आफ्नो सस्थागत सामाजिक उत्तरदायित्व सामाजिक कार्य मा लगानी गरेको छ।

स्कुलका महिला कर्मचारी र बिद्यार्थीहरुले झापा कन्काई माइ धाममा स्थित कृष्ण प्रणामी मन्दिरमा आस्रित १० जना माताहरुलाई र कन्काई वार्ड न – ४ मा रहेको पुकार अपाङ अशक्त सरोकार समाज,झापामा रहेको आपङता भएका बालबालिका समेत लाई कपडा (तन्ना ,सिरानीका खोल) झुल ,फलफूल तथा जुस वितरण गरेर तिज तथा बाल दिवस मनाएको हो।

तेह्र हजार मुल्य बराबरको खर्च गरेर सामाग्री वितरण गरिएको थियो

उक्त सामाग्री स्कुलका विद्यार्थीले हस्तान्तरण गरेका थिए ,आगामी दिनमा पनि यस्ता खाल का कार्यक्रम सन्चालन गरिदै जाने स्कुल कि अनुसा ढकाल खरेलले बताउनु भयो।

Advertisement