बिर्तामोड झापा/ नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोड नगर समितिले ‘बिर्तामोड नगर पर्यटकीय महोत्सब २०८०’ आयोजना गर्ने भएको छ। 

माघ ९  गतेदेखि शुरु हुने महोत्सव माघ ३० गतेसम्म सञ्चालन हुने महासंघले बिर्तामोडमा पत्रकार सम्मेलन गरेर जनाएको हो।

महोत्सवमा आदिवासी जनजाति समुदायका नागरिकको भेषभुषा, संस्कृति प्रदर्शन गरिनुका साथै सो समुदायको पहिचान गर्ने खाद्यान्नका परिकारहरु उपलब्ध हुने छ । 

बिर्तामोड ५ मा आयोजना हुने महोत्सवमा प्रत्येक दिन एउटा जातिको संस्कृति प्रदर्शन गरिने अध्यक्ष राजकुमार राजवंशीले जानकारी दिएका छन।

महोत्सवमा १५० स्टल रहने जनाईएको छ । स्टलमा विभिन्न कम्पनीका उत्पादन रहने सचिव सन्तोष बेघाले जानकारी दिए । महोत्सवमा १७ वटा स्टल आदिवासी जनजातिका संस्कार संस्कृति झल्किने किसिमको राखिने भएको छ ।