जनक न्यौपाने /मेची राजमार्ग अन्तर्गत माईखोला हुँदै इलाम जोड्ने बाटोमा आज बिहान अचानक खसेको पहिरोका कारण सवारी आवातजावतमा समस्या भएको छ। सूचना प्राप्त भए लगत्तै ट्राफिक प्रहरी कार्यालय इलामको टोली घटना स्थल पुगेको थियो।

सामान्य प्रयत्नबाट बाटो मर्मत गर्न असम्भव भएपछि जेसिबी द्वारा पहिरो सोरेर सवारी आवातजावतमा सहजता प्रदान गरिएको ट्राफिक प्रहरी कार्यालय इलामका प्रहरी नायब निरीक्षक दिपक दुलालले जानकारी दिनुभयो।

माइखोला देखि मास्तिर पहिले पनि बाटो बिग्रदो अवस्थामा रहेको र हालको बेमौसमी बर्षादको कारण पहिरोले सडक अवरुद्ध बनेको हो।

आज बिहान करीब १० बजेदेखि ११ बजेसम्म बिपरित दिशाका सवारी साधनहरु जाममा परेका दिए। घन्टौ सम्म सडक जाम हुदा सही  समयमा आफ्नो गन्तव्यमा पुग्न नसक्दा यात्रुहरुले सास्ती खेप्नु परेको थियो।