Advertisement

हल्दिबारी/ झापा जिल्ला अन्तर्गत रहेको पानी पोखरेल कुल वंश प्रतिष्ठान हल्दिबारी गाउँ समितिको दोश्रो अधिवेशन आज सम्पन्न भएको छ।

हल्दिबारी गाउँपालिका वडा नम्बर -४ को सभाहलमा भएको दोश्रो अधिवेशन बाट क्रमशः अध्यक्ष, भरत प्रसाद पोखरेल, उपाध्यक्ष महेद्र प्रसाद पोखरेल, सचिव तुलसी प्रसाद पोखरेल, सह(सचिव अर्जुन पोखरेल, कोषाध्यक्ष रेखा पोखरेल चयन भएका छन् भने सदस्यहरुमा क्रमशः सिला पोखरेल,दुर्गा पोख्रेल,तिला पोखरेल,खगेद्र पोखरेल,घनस्याम पोखरेल र आज भएको दोस्रो गाउ अधिवेशन बाट चयन भएका हुन् यसैगरी सल्लाहकार समितिमा संयोजकमा कृष्ण प्रसाद पोखरेल,सदस्यमा जय प्रसाद पोखरेल र दिल्ली शर्मा पोखरेल रहेका छन् ।

हल्दिवारि शाखा का अध्यक्ष भिम प्रसाद पोखरेलको अध्यक्षय्तामा भएको कार्यक्रमको प्रमुख अथिति पोखरेल प्रतिष्ठान केद्रीय महासचिव हिरा पोखेलको रहेको थियो भने विशेष अथितिहरुमा क्रमशस् हल्दिबारी ४ वडाका वडा सदस्य सुनिल बाह्रकोटी, पानी पोखरेल कुल वंश प्रतिष्ठान क्षेत्र समिति ३ का सचिव सागर पोखरेल लगायतको रहेको थियो।
पानी पोखरेल कुल वंश प्रतिष्ठान हल्दिबारी गाउ समिति र बाह्रदशी समितिको सम्मत सहभागीत्ता रहेको थियो।

Advertisement