Advertisement

२०८१ साल साउन १० / बिहान ११:३० बजे बार्हदशी गाउँपालिका–३, राधानगरमा दुई स्थानिय व्यक्तिहरु प्रसुराम साह र रेखानन्द साह बीच जग्गा खेतिको विषयमा विवाद उत्पन्न हुँदा दुबै पक्षबाट धारिलो हतियार, बाँस, र लाठी प्रयोग भएको थियो। यस घटनामा ११ जना घाइते भएका छन्, जस मध्ये केहीको अवस्था गम्भीर रहेको छ। 

घाइतेहरुलाई बिर्तामोड उपचारको लागि पठाइएको छ। विवादको कारणले समुदायमा तनाव उत्पन्न भएको छ। 

घाइतेहरूको विवरण निम्न छन्:

1. अजय कुमार साह, ३० वर्ष (टाउकोमा चोट)

Advertisement

2. लिला नन्द साह, ४० वर्ष (सामान्य)

3. रेखा नन्द साह, ४७ वर्ष (बोल्न सक्ने, सामान्य)

Advertisement

4. चाँदनी साह, ३६ वर्ष (सामान्य चोट)

5. पदमा देवी साह, ५६ वर्ष (भित्री चोट)

6. विष्णु प्रसाद साह, ८० वर्ष (टाउकोमा चोट)

7. महानन्द साह, २२ वर्ष (भित्री चोट सक्त)

8. पर्शुराम साह, ५४ वर्ष (सामान्य चोट)

9. पर्सुराम साह, १६ वर्ष (भित्री चोट)

10. विवेक साह, १७ वर्ष (भित्री चोट)

11. मुनाखोरी साह, ५४ वर्ष (भित्री चोट)

यो समाचार समुदायमा शान्ति सुरक्षाको आवश्यकतालाई रेखांकित गर्छ र स्थानीय प्रशासनले घटनाको छानबिन गरिरहेको छ।