सितल अधिकारी 

गौरादह/राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गौरादह आउँने भएका छन् । 

उनको साथमा पार्टी महामन्त्री डा.मुकुल ढकाल, प्रमुख सचेतक मा.सन्तोश परियार, मा.निशा डाँगी, मा.मनिष झा, रास्वपाका केन्द्रिय सदस्य रमेस प्रसाई लगायतअन्य रास्वपा केन्द्रिय सदस्यहरु गौरादह आउन लागेका छन् । 

 भाद्र ०१ गते शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी गौरादह नगर समितीको आयोजनामा हुने सार्वजनिक कार्यक्रममा सहभागी हुन लामिछाने आउन लागेका हुन् ।