Advertisement

हल्दिबारी गाउँपालिका वडा नं १ मा आगलागी हुँदा रोशन सावाँ लिम्बु र फुलमाया तामाङ्गको दुईवटा घर जलेर पूर्ण रूपले नष्ट भएका छन् ।

दिउँसो करिब २ बजेको समयमा आगलागी भएको र घरमा कोही नभएको बेला आगलागी भएकाले घरका सबै सबै सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

आगलागी साँवाको घरबाट सुरु भएकाले उनको घरको सबै सामान जलेर खरानी भएको थियो भने तामाङ्गको घरको केही, खाद्यान्न र लत्ताकपडा स्थानीयले बाहिर निकालेका थिए।
दुवै परिवारको लगभग २ लाख ६५ हजार मुल्य बराबरको क्षति भएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।

आगलागीलाई भद्रपुर नगरपालिकाको दमकल, जनप्रतिनिधिहरू,स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको थियो। आगलागीबाट पिडित भएका दुवै परिवारलाई तत्कालका लागि हल्दिबारी गाउँपालिकाको तर्फबाट राहत वितरण गर्न गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेन, वडाध्यक्ष देवीबहादुर थापा,वडा सदस्यहरू प्रकाश कार्की र कुलबहादुर राई पुगेका थिए।
पिडितलाई थप आवश्यक सहयोग गर्ने गाउँपालीका अध्यक्ष रविन्द्र लिङदेनले बताए।

Advertisement