Advertisement

झापा / हल्दिबारी गाउँपालिकाको आयोजनामा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। हल्दिबारी -२ हल्दिबारी माविको खेलमैदानमा सोमबार( आज )देखि प्रतियोगिता सुरु भएको हो।

प्रतियोगिताको उद्घाटन हल्दिबारी गाउँपालिकाका अध्यक्ष रबिन्द्र प्रसाद लिङ्देनले प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो। गाउँपालिका स्तरीय खेलकुद समिति का सम्योजक सन्त कुमार थापा को अध्यक्षय्ता मा भएको कार्यक्रमका प्रमुख अथिती गाउँपालिका अध्यक्ष रबिन्द्र् प्रसाद लिङदेन,उपाध्यक्ष लक्ष्मी देवि मैनाली ,प्रमुख प्रशासकीय अधिकृत मान बाहादुर बन , ५ वटा वडाका अध्यक्षहरु, कार्यपालिका सदस्य , हल्दिबारी का सस्थागत र सामुदायिक विद्यालयका सम्पुर्ण कर्मचारीहरु लगायत प्रतियोगिता मा भाग लिने र प्रतियोगिता हेर्न विद्यार्थीहरुको सहभागितामा प्रतियोगिता आज देखि प्रारम्भ भएको थियो।

समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताउनु भयो। राष्ट्रियस्तरको प्रतियोगिता जितेर आउने विद्यार्थीलाई गाउँपालिकाले पुरस्कृत गर्ने उहाँले घोषणा गर्नु भयो।

कार्यक्रम मा शुभकामना मन्तव्य क्रमशः उपाध्यक्ष लक्ष्मी देवि मैनाली , प्रमुख प्रशासकीय अधिकृत मान बाहादुर बन , चक्र बहादुर बस्नेत , त्रिलोचन सापकोटा , देवी बहादुर थापा , शुकलाल राजवंशी , लगायतले राख्नु भएको थियो।

Advertisement

कार्यक्रममा गाउँपालिकाका खेलकुद सम्योजक सन्त कुमार थापाले गाउँपालिकाका माध्यमिक स्तरका विद्यार्थीहरुले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने बताए। उनले तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताका उत्कृष्ट खेलाडीले पालिकास्तरीय प्रतियोगितामा भाग लिने बताए।

प्रतियोगितामा भलिबल, कबड्डी, दौड, कराँते, तेक्वान्दो, उसु, हाइजम्प लङजम्पलगायतका खेल समावेश गरिएको छ। प्रतियोगितामा गाउँपालिकाभित्रका सस्थागत र सामुदायिक गरि जम्मा ११ विद्यालयका करिब ३०० सय विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन्।

Advertisement

टङ्क पाख्रिन ले स्वागत गरेको कार्यक्रमको सन्चालन तुलसी कोइरालाले गर्नु भएको थियो।