Advertisement

काठमाडौं । सरकरले कक्ष १ देखि ५ सम्मको दिवा खाजामा स्थानीय उत्पादनलाई अनिवार्य गरेको छ । आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारले यस्तो नीति सार्वजनिक गरेको हो । 

मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले भने, “कक्षा १ देखि ५ सम्मको दिवा खाजाका लागि स्थानीय उत्पादन प्रयोग प्रवर्द्धन गरिनेछ । दिवा खाजा कार्यक्रमका लागि आठ अर्ब ३९ करोड विनियोजन गरेको छु ।”