नेपाल रेडक्रस सोसाइटी जलथल उपशाखाको निर्वाचनमा रेम प्रसाद खरेल सभापतिमा निर्वाचित भएका छन्।
आज सम्पन्न निर्वाचनमा उपसभापतिमा पुण्य कुमारी लामिछाने, सचिवमा नितेश शाह, र कोषाध्यक्षमा बलराम गिरी विजयी भएका छन्। निर्वाचन समितिका अनुसार महिला सदस्यमा गीता देवी भण्डारी र खुला सदस्यतर्फ मन कुमार शर्मा, अग्नि प्रसाद शिवाकोटी, राम प्रसाद पोखरेल, र भानु भण्डारी निर्वाचित भएका छन्।
त्यस्तै, उपसचिवमा किशोर खतिवडा र उपकोषाध्यक्षमा बालकृष्ण बेडारी निर्विरोध निर्वाचित भएका थिए।
जलथल उपशाखामा कूल १,००९ जना मतदाता रहेकोमा ६९६ मत खसेको थियो। वडा कार्यालयको प्राङ्गणमा सम्पन्न निर्वाचनमा दुई समूहबीच प्रतिस्पर्धा भएको थियो।
निर्वाचनमा कांग्रेस–एमाले गठबन्धनको नेतृत्वमा रहेको रेम प्रसाद खरेलको समूह विजयी भएको हो। खरेलको समूहले राप्रपा नेतृत्वको सभापति सुरेन्द्र बाह्रकोटीको समूहलाई पराजित गरेको हो।
प्रतिक्रिया दिनुहोस्