Advertisement

झापाको  जिल्लाको दमक नगरपालिका वडा नं. ६ स्थित नमुना मार्गमा रहेको नमुना सटिङ सुटिङ टेलरमा काम गर्ने दमक नगरपालिका वडा नं. ७ का २७ वर्षीय सोनु अहमद छुरा प्रहारबाट गम्भीर घाइते भएका छन्।लेनदेनको विषयलाई लिएर भएको विवादका क्रममा सुनसरी जिल्लाको धरान उपमहानगरपालिका वडा नं. ३ का २९ वर्षीय एजात अहमदले सोनुको पेटको बाँया भागमा छुरा प्रहार गरेको प्रहरीले जनाएको छ।

प्रारम्भिक रूपमा घाइते सोनुलाई लाईफलाइन अस्पताल दमकमा सामान्य उपचार पछि थप उपचारका लागि ०५ :२० बजे बिर्तामोडको B&C अस्पतालमा लगिएको थियो। अवस्था गम्भीर भएपछि उनलाई थप उपचारका लागि धरानको घोपा अस्पतालमा पठाइएको छ।

छुरा प्रहारपछि फरार भएका एजात अहमद प्रदेश नं. १-०२-०४५ प ६३१९ नम्बरको स्कुटरमा भाग्ने क्रममा दमक वडा नं. ६ गणतन्त्र चोकमा अनियन्त्रित भई दुर्घटनामा परेका छन्। दुर्घटनाका कारण उनको बाँया खुट्टामा चोट लागेको छ र उनलाई बोल्न सक्ने अवस्थामा निम्स अस्पताल दमकमा प्रहरीले निगरानीमा राखेको छ। उक्त स्कुटर इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा राखिएको छ !भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको  छ।

Advertisement