Advertisement

झापा हल्दिबारी स्थित श्री भेलागढी सामुदायिक वन उपभोक्ता समुहकाे छैंठाै परिषद भेेला रु २१८२८८९.८५/- बरावरकाे नीति तथा कार्यक्रम वजेट पास गर्दै सम्पन्न भएको छ l

शनिबार समुहका अध्यक्ष पुन्य प्रसाद लम्सालकाे अध्यक्षता तथा हल्दिबारी गा. पा. अध्यक्ष रबिन्द्र प्रसाद लिङ्देनकाे प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा विशिष्ट अतिथि सामुदायिक वन महासंघ जिल्ला महासंघ का अध्यक्ष बेद प्रकाश भण्डारी, हल्दिबारी गा. पा. वडा नं.२ का अध्यक्ष सुकलाल राजबँशी, विशेष अतिथि भद्रपुर न.पा. १० का वडा सदस्य तुलसि पाेखरेल हल्दिबारी वडा न. २ का वडा सदस्य रचना कुलुङ, सरस्वती आ.बि. का प्र.अ. गाेबिन्द बाेहाेरा, पुर्व अध्यक्ष नारायण प्र. लुईटेल लगायतकाे उपस्थिती रहेको जनाईएको छ l

भेलामा नारायण प्र.लुईटेल, गाेविन्द बाेहाेरा , रचना कुलुङ, तुलसि पाेखरेल, शुकलाल राजबँशी, बेद प्रकाश भण्डारी र रबिन्द्र प्रसाद लिङ्देन सहितकाे अतिथिहरुले शुभकामना राख्नु भएकाे थियो तेस्तै भेलामा संगठानिक प्रतिवेदन अध्यक्ष पुन्य प्रसाद लम्साल र आर्थिक प्रतिवेद काेषाध्यक्ष श्री साबित्रा दाहाल ले प्रस्तुत गर्नु भएकाे थियाे।

Advertisement