झापा जिल्ला अदालतबाट माननीय प्रमुख न्यायाधीश श्री अशोककुमार बस्नेतको प्रमूख आथित्यतामा गौरादह नगरपालिकामा समुदायमा अदालत (Judical Outreach) कार्यक्रम मिति २०८१-३-११ मा सम्पन्न भयो। न्यायिक प्रक्रियामा नागरिकको पहुँच अभिवृद्धिका लागी झापा जिल्ला अदालतबाट ” समुदायमा अदालत” Judical Outreach कार्यक्रम संचालन गरिएको छ। न्यायमा पहुँच बढाउन झापाको गौरादह न पा मा कार्यक्रम गरेको हो।
झापा जिल्ला अदालतका माननीय प्रमुख न्यायाधीश श्री अशोककुमार बस्नेतले अदालतले प्रवाह गर्ने सेवा, सेवा प्रवाहको प्रक्रिया, निःशुल्क कानूनी सहायता, एस एम एस सेवा, अनलाइन तारेख, अदालतबाट १ घण्टाभित्र प्रवाह हुने सेवा, मुस्कान सहितको सेवा प्रवाह, मेलमिलाप आदी बारेमा धारणा राख्नु भएको थियो। समुदायमा अदालत कार्यक्रममा गौरादह न पा प्रमुख श्री छत्रपति सुवेदी, उप प्रमुख श्री जलबर्षा राजबंशी, प्रमुख प्रशासकीय अधिकृत श्री युवराज खतिवडा ज्यूहरुले मन्तव्य राखी शुरु भएको कार्यक्रममा गौरादह न पा बिभिन्न वडाका मेलमिलाप कर्ता लगायतका ५० जना भन्दा बढी सरोकारवालाहरुको उपस्थिति रहेको थियो।
अदालतसंगको समुदायको दोहोरो सम्वाद कार्यक्रम ले अदालत प्रतिको भ्रम हटाउन भुमिका खेलेको भनि न पा प्रमुख छत्रपति सुवेदीले बताउनु भयो। उक्त कार्यक्रममा न पा उप प्रमुख जलबर्षा राजवंशीले अदालतबाट हुने सेवा प्रवाह र प्रकृया बारे समुदाय सुसुचित भइ न्यायमा पहुँच बढ्ने देखिन्छ भनि बताउनु भयो। अदालतबाट समुदायले गरेको अपेक्षा बुझ्ने र अदालत प्रतिको भ्रम निवारण गरी अदालत प्रति जनविश्वास अभिवृद्धि गर्ने लक्ष्यका साथ “समुदायमा अदालत” कार्यक्रम गरिएको भनि झापा जिल्ला अदालतका शाखा अधिकृत रामचन्द्र बस्नेतले बताउनु भयो।
कार्यक्रममा प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र झापा संयोजक संगिता थापा, चेतराज बिष्ट, अदालतबाट नायब सुब्बा सागर बुढाथोकी समेतको उपस्थिति रहेको थियो। न्यायाधीश संगै बसेर न्यायपालिकाका बिषयमा समस्या र गुनासा राखी न्याय प्रणालीलाई सहभागी मार्फत अभिभावक सम्म पुर्याउने लक्ष्यका साथ सहभागीका अदालत प्रतिको जिज्ञासा र गुनासा सुनी अन्तर संवाद समेत गरिएको थियो। अन्त्यमा, गौरादह नगरपालिक प्रमुख, उप प्रमुख, प्रमुख प्रशासकिय अधिकृत लगायत सम्पुर्ण सहभागीहरुमा धन्यवाद ।
प्रतिक्रिया दिनुहोस्