हल्दिबारी/ झापाको हल्दिबारी गाउँपालिका वडा नं. ४ मा अन्दाजी १७ बर्षीय किशोरी आफु बसेको घरको कोठामा झु न्डीएको अवस्थामा मृत फेला परेकी छिन्

हल्दिबारी माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत बालिका बस्नेत दिउँसो झु न्डीएको अवस्थामा उनकि आमाले देखेपछि स्थानिय लाई खबर गरेकि थिईन ।

मृतक बस्नेतका बुवा वैदेशिक रोजगारमा गएका छन। भने उनि दाइ,बैनी र र आमा हल्दिबारी गाउँपालिका काजली पुर्व ऐनाबारिमा बसोबास गर्दै आएका थिए ।

हाल शवलाई पोस्माटम का लागि भद्रपुर मेची प्रादेशिक अस्पताल लगिएको जलथल प्रहरिले जनाएको छ ।