बिर्तामोड, असार १० ।खेलकुद क्षेत्रको प्रवर्द्धनलाई प्राथमिकता दिंदै बिर्तामोड नगरपालिका वडा नम्बर ३ ले कराते खेल अभ्यासका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ। सोमबार आयोजित एक कार्यक्रमबीच कराते प्रशिक्षक दुर्गा निरौलालाई कराते प्रशिक्षणका लागि प्रयोग गरिने म्याट हस्तान्तरण गरिएको हो।

वडा अध्यक्ष मदन बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य हरिप्रसाद बास्कोटा,खेलप्रेमीहरूको उपस्थिति रहेको थियो।

त्यसैगरी, वडा अध्यक्ष बुढाथोकीले खेलकुदलाई स्थानीय तहबाटै संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए। “खेल हाम्रो पहिचान हो, यसलाई जोगाउनु र समृद्ध बनाउनु हाम्रो जिम्मेवारी हो,” उहाले भन्नु भयो

म्याट हस्तान्तरणपछि कराते प्रशिक्षक दुर्गा निरौलाले वडाप्रति आभार व्यक्त गर्दै नियमित प्रशिक्षणमा यसले सहजता ल्याउने विश्वास व्यक्त गरेका छन ।