Advertisement

राष्ट्रिय युवा संघ नेपाल बाह्रदशी गाउँपालिका कमिटीले बाह्रदशी गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ। बाह्रदशी गाउँपालिका कार्यालय परिसरभित्रै ‘ स्थानीय तहको बजेट, नीति तथा कार्यक्रम तर्जुमाको ‘ सन्दर्भ उठान गर्दै बाह्रदशी गाउँपालिका अध्यक्ष देवेन्द्र प्रसाद चम्लागाई ज्यूलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको थियो ।

स्थानीय नीति, कानुन निर्माण गरी सो को कार्यान्वयन समेत गर्ने अधिकार प्राप्त गरेको स्थानीय सरकार आफैले बजेट तर्जुमा प्रकृयामा विधिको शासनको पालना नगर्नुले स्थानीय नेतृत्वको कार्यक्षमता माथी प्रश्न चिन्हहरु खडा भएको र यस किसिमको अवैज्ञानिक, अव्यवस्थित भएको योजना तर्जुमाले स्थानीय नागरिकहरुको समस्या, आवश्यकता र मागलाई सम्बोधन गर्ने भन्दा पनि केहि व्यक्तिहरूको इच्छा र चाहाना वमोजिम स्थानीय तहको बजेट केन्द्रित हुने देखिएको भन्दै स्थानीय तहको बजेट तर्जुमाका ७ बटा चरणहरुको पूर्ण कार्यान्वयन गर्न, पालिकाको बार्षिक नीति तथा कार्यक्रम तय गरी प्राथमिकताका सुचकहरु निर्धारण गर्न, स्थानीय नागरिकहरुको समस्या, आवश्यकता र मागको पहिचान गर्न टोल तथा बस्ती स्तरको योजना तर्जुमा गोष्ठी आयोजना गर्न, स्थानीय सरकार संचालन ऐन २०७४, अन्तर सरकारी वित्त हस्तान्तरण ऐन २०७४ र राष्ट्रिय योजना आयोगबाट जारी गरिएको स्थानीय तहको बजेट, नीति तथा कार्यक्रम तर्जुमा दिग्दर्शन अक्षरस कार्यान्वयन गर्न तथा युवा लक्षित आयोजना तथा कार्यक्रम तर्जुमाका लागि सरोकारवाला युवा संघ, संगठन र लक्षित युवाहरुको भेला आयोजना गरी आयोजना तथा कार्यकम छनौट गर्न जस्ता सन्दर्भमा बाह्रदशी गाउँपालिकालाई ध्यानाकर्षण गराएको छ ।

नेकपा एमाले जिल्ला कमिटी सदस्य मेरुन योङहाग राष्ट्रिय युवा संघ नेपाल प्रदेश कमिटी सदस्य पुजा जोगी बार्हदशी अध्यक्ष गणेश मगर सहितको उपस्थिति रहेको थियो

Advertisement