क्रिकेट खेलाडी दीपेन्द्रसिंह ऐरी भोलि बिर्तामोड आउने
२०८१ असार १९, बुधबार १४:४७ गते
झापा/ झापाको बिर्तामोडमा नेपाली चर्चित क्रिकेट खेलाडी दीपेन्द्रसिंह ऐरी आउने भएका छन् । बिर्तामोड को हनुुमान सेन्ट्रलमा रहेको ग्रेस इन्टरनेशनलको निमन्त्रणामा भोली बिहान ८ बजे क्रिकेट खेल प्रेमीहरु संग अन्तरक्रिया गर्नको लागि खेलाडी ऐरी बिर्तामोड आउने भएका हुुन ।
विश्वकप खेलमा सहभागी बनेको अनुुभव प्रदान गर्न र नेपाली क्रिकेट खेलको विषयमा समष्टिगत चर्चा गर्न खेलाडी ऐरेलाई ल्याई अन्तरक्रिया आयोजना गरिने ग्रेसका किरण विमलीले जानकारी दिए ।
अन्तरक्रियामा विद्यार्थी, खेलाडी, पत्रकारहरुको बाक्लो उपस्थिति रहने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्