बिर्तामोड झापा , ११ साउन: बिर्तामोडमा साहित्य कला साँझ तथा श्रष्टा सम्मान समारोह भव्य रूपमा सम्पन्न भएको छ।

साहित्य कला सांस्कृतिक प्रतिष्ठान बिर्तामोड झापाको आयोजनामा आयोजित यस कार्यक्रममा साहित्य, कला, र संस्कृति क्षेत्रमा महत्वपूर्ण योगदान दिने श्रष्टाहरूलाई सम्मान गरिएको थियो !

सस्थाका अध्यक्ष भगवती ढुंगेलको सभापतित्वमा भएको समारोहमा प्रमुख अतिथिको रूपमा आन्तरिक कानुनमन्त्री कोशी प्रदेश लिला वल्भल उपस्थित हुनुहुन्थ्यो। उहाँले साहित्यिक तथा सांस्कृतिक गतिविधिहरू समाजको विकास र समृद्धिका लागि आवश्यक रहेको बताउनु भयो। साथै, यस्ता कार्यक्रमहरूले नयाँ प्रतिभाहरूलाई प्रोत्साहन मिल्ने विश्वास व्यक्त गर्नुभयो।

विशिष्ट अतिथीहरुमा प्रदेश माननिय गोपाल गज्मेर , बिर्तामोड नगरपालिका उप-प्रमुख नगेद्र प्रसाद सङौलाको अतिथित्यता रहेको थियो ! यसैगरी विशेष अतिथिहरुमा पूर्ण खरेल , केशव आचार्य लगायत को अतिथित्यता रहेको थियो ! साथै अन्य विभिन्न सस्थाका प्रतिनिधिहरुको अतिथी आसन ग्रहण रहेको थियो!

कार्यक्रममा विभिन्न साहित्यिक र सांस्कृतिक प्रस्तुतिहरू पनि गरिएको थियो। कविहरूले आफ्ना उत्कृष्ट कविताहरू वाचन गरेका थिए ! साथै विभिन्न नृत्य सम्मेत प्रस्तुत गरिएको थियो !





यस अवसरमा विभिन्न श्रष्टाहरूलाई सम्मानपत्र तथा पुरस्कार प्रदान गरियो। मन्जिला तामाङ सुभ्बा र देविका मग्राती राई लाई उक्त समारोहमा सम्पन्न गरिएको हो !
साहित्यकार तथा कलाकारहरूले यस कार्यक्रमले समाजमा साहित्यिक र सांस्कृतिक चेतनाको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

कार्यक्रमको समापनमा आयोजक समितिका सदस्यहरूले सबै सहभागीहरूलाई धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि यस्ता कार्यक्रमहरू नियमित रूपमा आयोजना गर्ने प्रतिबद्धता जनाएका थिए। दुर्गा प्रसाद सिक्देल ले स्वागत गरेकोे कार्यक्रमको सन्चालन दिपक रायमाझीले गर्नु भएको थियो !