बिर्तामोड, २५ कात्तिक – जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोड र मातहतका निकायको संयुक्त आयोजनामा विद्यार्थी, चालक, सह-चालक र सडक प्रयोगकर्ताहरूलाई ट्राफिक नियम सम्बन्धी प्रशिक्षण प्रदान गरेको छ !
प्रशिक्षणका क्रममा सहभागीहरूलाई ट्राफिक नियमको महत्त्व, सडक सुरक्षाका उपायहरू, र यातायात सञ्चालनका नियमबारे जानकारी दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । यस कार्यक्रमको उद्देश्य सडक दुर्घटना न्यूनिकरण गर्नुका साथै जिम्मेवार यातायात चालक र सचेत नागरिक निर्माण गर्नु रहेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
प्रशिक्षणमा विद्यार्थीहरूले समेत उत्साहजनक सहभागिता जनाएका थिए, जसले गर्दा ट्राफिक नियमप्रति उनीहरूमा जागरूकता बढेको देखिएको छ।
प्रतिक्रिया दिनुहोस्