झापा / श्रावण ०९ गते सौर्य एयरको एक विमान maintenance का लागि काठमाडौँदेखि पोखरातर्फ उडान गरेको थियो। विमानमा १७ जना स्टाफ र २ जना क्रु सदस्यसहित जम्मा १९ जना सवार थिए।
विमान त्रिभुवन विमानस्थलको दक्षिणी भागतर्फ पर्ने गोठाटार नजिकै ११:११ बजे दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा १८ जनाको मृत्यु भएको पुष्टि भएको छ।
यस दुर्घटनाको कारणले १३:०० बजेको सौर्य एयरको भद्रपुर-काठमाडौँ उडान रद्द गरिएको छ। साथै, केही दिनका लागि सौर्य एयरका उडानहरू स्थगित गरिने जानकारी प्राप्त भएको छ।
प्रतिक्रिया दिनुहोस्