Advertisement

कमल /आरम्भ फाउन्डेसन झापा शाखाले कमल गाउँपालिका वडा नं.१ स्थित नरेन्द्र जनता मा.वि लाई ९ लाख ८० हजार बराबरको ७ थान “म्याक बुक एम वान” हस्तान्तरण गर्नुका साथै कम्प्युटर ल्याब सेटअप गरी हस्तान्तरण गरेको छ l 

सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन तथा समय सापेक्ष शिक्षा प्रदान गर्नका लागि र सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण वृद्धि गर्न प्रविधिमैत्री सामग्री हस्तान्तरण गरिएको आरम्भ फाउन्डेसन झापा शाखाका सूचना तथा सञ्चार विभाग प्रमुख सितल अधिकारीले बताए l  यूकेमा अवस्थित Hope4Smile नामक परोपकारी संस्थाका दाताहरूले ल्यापटप उपलब्ध गराएर सीमान्तकृत समुदायका बालबालिकाहरूको जीवनमा महत्त्वपूर्ण प्रभाव पारेको र तिनीहरूलाई बहुमूल्य कम्प्युटरको सीपहरू प्राप्त गर्ने मौका प्रदान गरेको आरम्भ फाउन्डेसन झापाका कोषाध्यक्ष कृष्ण बहादुर बरवालले बताए । फाउन्डेसनले विद्यालयको कम्प्युटर ल्याबलाई प्रविधिमैत्री तथा सुविधा सम्पन्न बनाउँन फर्निचर, फर्शको व्यवस्था तथा भित्री डिजाइनलाई सुधार समेत गरेको छ l 

आरम्भ फाउन्डेसनको तर्फबाट अत्यावश्यक सामग्री प्राप्त भएको र कम्प्युटर ल्याब थप व्यवस्थित भएको हुँदा यसले विद्यालयको पठनपाठनमा धेरै सजिलो हुने साथै प्रविधिको प्रयोग गरेर विद्यार्थीलाई अध्यापन गराउन सहयोग पुग्ने र विद्यालयको गुणस्तर पनि वृद्धि हुने अपेक्षा रहेको विद्यालयक प्रधानध्यापक बद्री कार्कीले बताए ।  २०२४ सालमा स्थापना भएको यस विद्यालयमा पूर्व प्राथमिक तहदेखि कक्षा १२ सम्म झण्डै ५ सय विद्यार्थी अध्ययनरत छन् ।

Advertisement